नियम ११८
कर्मचारीको आचरण; अदालतका कर्मचारीहरूले देहाय बमोजिमका आचरण पालना गर्नु पर्नेछ
:-

(क) ठीक समयमा अदालतमा आउनु पर्ने,

(ख) अदालतमा आउनासाथ जिम्मेवारी तोकिएको काममा लाग्नु पर्ने,

(ग) अदालतमा हाजिर भएपछि अदालतसम्बन्धी कामबाहेक अरू कुनै काममा आफूमाथिको अधिकारीलाई नसोधी आफ्नो काम छोडी कार्यालय लागेको समयमा अन्यत्र जान नहुने ।